रेष्टुरामा खानपानी गदै संगीतको मज्जा लिन पाउदा कस्तो होला । निश्चय पनि बेग्लै रमाइलोका अनुभव हुन्छ । रेष्टुरामा आउने ग्राहकलाई खानपीन संगै सांगीतिक खुराक पस्कने क्रम पछिल्लो क्रममा बढेको छ ।
यस्तै पछिल्लो क्रममा टेक्ससको अर्विङमा नया व्यवस्थापन संगै खुलेको सांग्रिला ग्रिल एण्ड बारमा भोली शनिवार म्युजिकल नाइट कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा भीम चापागाई संगै रोसन पराजुली तथा कुशल पाेखरेल ले सांगीतिक प्रस्तुती दिदैछन् ।
रेष्टुरामा आउने ग्राहकलाई खानसंगै यी कलाकारहरुको प्रस्तुतीले मनोरञ्जन दिने आयोजकले जनाएका छन् । राती ९ बजे सुरु हुने कार्यक्रमम कलाकारहरु संगै मनोरञ्जन पारखीहरुले झुम्न पाउनेछन् ।
रेष्टुरामा आउने ग्राहकको मागलाई ध्यानमा राखेर यो कार्यक्रम गरिएको हो, संचालक तथा चलचित्र निर्देैशक नारायण पुरीले भने–‘आगामी दिनमा यो कार्यक्रमलाई साप्ताहिक रुपमा निरन्तर दिने सोच बनाएका छौ ।’
Casinos online, sometimes known as virtual casinos or Internet casinos, are online copies of real online casinos. These online casinos allow gamblers to participate in online casino games and ...