अमेरिका– चीनमा फैलिएको कोरोनाभाइरसले विश्वमा त्रास फैलिएर गएको छ । कोरोनाभाइरस संग लडन अब अमेरिकाले चीनलाई सहयोग गर्ने भएको छ ।
यस अघि चीनले अमेरिकाले कोरोनाभाइरसको विषयमा अपवाह फैलाएको आरोप लगाएपछि अमेरिकी राष्टपति डोनाल्ड टम्पले नियन्त्रणका लागी चीनसंग मिलेर काम गर्ने बनाएका छन् ।
चीनमा अहिले सम्म कोरोनाभाइरसबाट ४९० जनाको ज्यान गइसकेको छ भने २४ हजार भन्दा बढी यसबाट सक्रमित भएको पृष्टि भएको छ ।
राष्ट्रपति ट्रम्प प्रशासनले चिनिया सरकारसंग मिलेर कोरोनाभाइरस नियन्त्रणका लागी काम गरिरहेको बताएका छन् । यो भाइरसको नियन्ँत्रणका लागी चीनले अमेरिकी स्वाथ्य विशेषज्ञहरुलाई चीनमा आउन अनुमति दिएको थियो । वाइट हाउसले पनि चीन यो भाइरस नियन्त्रणका लागी चीनस.ग मिलेर काम गर्न यो पहल थालेको हो ।
चीनको बुहानबाट फैलिएको यो भाइरस अहिले २४ मुलुकमा फैलिसकेको छ । अघिल्लो साता विश्व स्वास्थ्य संगठनले पनि यो प्रकोपको कारण विश्वभरी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected