अमेरिका-इरानी मिसाइल आक्रमणमा इराक स्थित क्याम्पमा १०९ अमेरिकी सैनिक घाइते भएको पृष्टि भएको छ ।
अमेरिकी रक्षा विभागले इराकको दुई सैन्य क्याम्पमा भएको मिसाइल हमलामा यतिका सैनिक घाइते भएको पृष्टि गरेको हो । यो आक्रमण भएको एक महिना पछि यो थथार्थ अहिले आएर पृष्टि भएको संचारमाध्यमहरुले जनाएका छन् । यसरी घाइते भएका सबै जसोको मस्तिष्कमा चोट पुगेको छ ।
इरानले आफनो सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि त्यसैको बदला लिन अमेरिकी सैन्य क्याम्पमा मिसाइल हमला गरेको थियो । सुलेमानी जनवरी ३ मा बगदाद विमानस्थल नजिकै अमेरिकी हवाई हमलामा मारिएका थिए ।
अमेरिकी रक्षा विभाग पेन्टागन का प्रेस सचिव एलिसा फरारले अहिले सम्म १०९ अमेरिकी सैनिकको मस्तिषक चोट पुगेको पाइएको छ । पीडित मध्ये ७६ जना काममा फर्किएका छन् भने बाकीको उपचार भइरहेको समेत जनाइएको छ ।
यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानी हमलामा अमेरिकी सैनिक हताहती नभएको बताउदै आएका थिए ।
इरानले अल असद एयर बेस क्याम्प संगै अर्को एक अमेरिकी सैनिक क्याम्पमा मिसाइल आक्रमणको निशाना बनाएको थियो । दुई सैन्य क्याम्पमा इरानले २२ वटा मिसाइल हानेको थियो ।
अमेरिका-राष्ट्रपति जो बाइडेनको ...
अमेरिका-अमेरिकाको ...