अमेरिका– एआरएनएमा आवद्ध रहेर पनि नेपालको राजनितिक भातृसंगठनमा पद लिएका केही पदाधिकारीहरुले तुरुन्त राजीनामा नदिए एनआरएनएले निलम्बन गर्ने भएको छ ।
गैरआवासिय नेपाली संघ एनआरएनएका महासचिव डा हेमराज शर्माले मंगलबार एक प्रेस विज्ञप्ती जारी गदै यस्तो चेतावनी दिएका हुन ।
अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु नेपालका विभिन्न राजनितिक दलका भातृसंगठनको कार्यसमितिमा संलग्न रहेको जानकारीमा आएको छ’ विज्ञप्तीमा भनिएको छ– संघको निर्वाचन सम्बन्धी नियमावलीको दफा ७.६ मा संघको कार्यकारी पदमा रहेका व्यक्तिहरु राजनितिक, जातिय र धार्मिक संस्थाको कार्यकारी समििितको पदाधिकारी तथा सदस्यमा पदभार ग्रहण गरेको पाइएमा निजलाई पदबाट वर्खास्त गरिने व्यवस्था छ ।’
यसरी आवद्ध भएका केही पदाधिकारीहरुले आफु संलग्न भएको संगठनबाट राजीनामा दिएको स्वः घोषणा गरी यसको जानकारी फेब्रुअरी २० सम्म संघका महासचिवलाई लिखित जानकारी दिन आग्रह गरिएको छ ।
तोकिएको मिति सम्म कुनै जवाफ नआएको खण्डमा निजलाई पदबाट वर्खास्त गरी कार्वाही अगाडी बढाइने संघले विज्ञप्ती मार्फत जनाएको छ ।

विज्ञप्तीकाे पुर्ण पाठ

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected