–सुशिल चाैधरी
आजको यस लेखमा अमेरिकी सेना बारे आम जनताको भ्रमलाई चिर्ने प्रयास गरिएको छ ।
किनभने नेपालका शिक्षित बर्गमा पनि अमेरिकी सेना प्रति एक प्रकारको भ्रम अमेरिकालाई होच्याएर कुरा गर्ने परिपाटी देखिनु आम नेपाली जनताहरुको हीत बिपरीत किन छ भन्ने कुरालाई मुख्य आधार बनाएर आजको लेख मैले लेखेको छु ।
सर्ब प्रथम, अमेरिकी सेना बुझ्न अमेरिका भन्ने देशलाई बुझ्न जरूरी छ । यो पुरानो देश नभएर करीब २५० बर्ष अगाडी विश्वबाट राजनीतिक,सामाजिक, धार्मिक लगायत अनेक उत्पीडनमा परेर आफ्नै जन्मभूमीबाट पलायन भएर अमेरिकामा शरण लिएका सामर्थवान गैर अमेरिकीहरुको ठूलो संघर्ष र वलिदान पश्चात स्थापित भएको देश हो ।
हाल अमेरिकामा करीब दुई लाख भन्दा बढ़ी नेपालीहरु स्थायी रुपमा बसोबास गर्छन् भने यो संख्या दिन प्रति दिन बढ्दो छ ।
मिलियनम च्यालेन्ज कर्पोरेशन (MCC) लाई बुझ्न दोस्रो विश्वयुद्ध पछिको आर्थिक संकटलाई बुझ्न जरूरी छ । 1947 देखि ग्रीस र टर्कीलाई ४०० मिलियन अमेरिकी डलर दिएर शुरू गरिएको ‘मार्शल प्लान’ लाई बुझ्न जरूरी छ । त्यो बेला यूरोप दिबालिया (Bankrupt) हुँदा पनि अमेरिकी मार्शल प्लानको मदतले माथि उठेको थियो भने रूढ़ीबादी कट्टर कम्युनिष्ट बाहुल्य भएको रूसले अमेरिकी प्रभाव देशमा बढ्छ भन्ने खतरा देखेर मार्शल प्लान अस्वीकार गरेको थियो । आज नतीजा हाम्रो सामु छ ।
त्यतीखेर पनि विश्वयुद्धको बिध्वंश मच्चाउने देखि मार्शल प्लान मार्फ़त मलम लगाउने सम्मको कार्यमा बिशेष भूमिका खेल्ने अमेरिकीहरु को थिए ? कुन स्वार्थले उनीहरु विश्वयुद्ध जस्तो कड़ा कदम देखि मार्शल प्लानको नरम नीति सम्म अख्तियार गरे ?
मानिस चेतनशील प्राणी भएकोले यिनको आबश्यक्ता पनि समय र परिस्थिति अनुसार बदलिन्छ । विश्व भरीबाट दुःख पाएर पलायन भएका सामर्थ्यबान ब्यक्तीहरुले अमेरीकामा शरण पाई सके पछि आआफ्नो मातृभूमीमा क्रूर शाशकहरुबाट शोषित पीड़ित आफन्तहरुको उद्धारका लागि केही गर्ने उद्देश्यका साथ अमिरिकी गतिविधिलाई बिश्व भरी फैलाउन थाले । जसको परिणाम स्वरूप बिश्वले अनेक द्वंद तथा युद्धहरु बेला बखत बेहोर्दै आएको छ । ती युध्दहरुमा जन-धनको क्षति पनि भएकै छ तर ती युद्धहरु किन भए वा हुंदैछन् भन्ने कुरा प्रति संसारको सतही विश्लेषणले गर्दा अमेरिकाले गर्दै आएका पूण्य कर्महरु बाहिरबाट सर्सरती हेर्दा पाप जस्तै देखिन्छ किनभने युद्धमा धनजनको क्षति त सधै हुन्छ नै । यसरी अमेरिका विश्वमा सर्ब शक्तिशाली हुँदा गर्दा शत्रुहरु पनि प्रशस्त कमाए , र सन २००१ को सेप्टेम्बर ११ मा त्यसको ठूलो मूल्य न्यूयॉर्कको ट्वीन टावरमा गरिएको आतंकबादी हमलाबाट चुकाउनु पर्यो । यो अमेरिकाको लागि सब भन्दा ठूलो क्षति थियो र खतराको सूचक पनि । यसले अमेरिकीहरुलाई परम्परागत युद्ध शैलीलाई न्यून गरेर नयाँ शैली अख्तियार गर्न झकझकायो र फलस्वरूप MMC को जन्म भयो ।
जुन प्रजातन्त्र र मानव अधिकारलाई युद्धद्वारा स्थापित र परिस्कृत गराउन असम्भव भयो त्यसैलाई MMC को माध्यमले गर्न खोजेको मात्र हो। पहिले पहिले युद्ध गरेर कुनै देशका तानाशाहलाई सिद्धयाउनु पर्छ भन्ने मान्यता राख्ने अमेरिकी सोच परिमार्जन गरेर कुनै पनि देशको बेथितिलाई सुधार्न उक्त देशलाई नै समृद्ध तथा जनतालाई सचेत बनाउने नयाँ रणनीति अख्तियार गरेकोले यसमा खराबी कहां छ ? यसको मिश्रित परिणामहरु संसार भरी देखा परे पनि दुनियाले बढ़ी देख्ने भनेको नराम्रो मात्र हुन्छ । तर पनि विश्व भरी संचालित बिभिन्न अमेरिकी परियोजनाहरु मार्फ़त बिभिन्न देशहरुमा सकारात्मक प्रभाव परेको सत्यलाई हामी नकार्न सक्दैनौं ।
के एमसिसि अमिरिकी सैनिक आउने बाटो हो ?
14 December 1955 का दिन नै नेपालले बिश्वका सैनिक नेपाल छिर्ने बाटो खोलिदिएको थियो जुन दिन नेपाल संयुक्त राष्ट्र संघ (United Nation) को सदस्य बनेको थियो । त्यसैले अमेरिकालाई नेपालमा सैनिक पठाउन UN को हाई वे हुँदा हुँदै अप्ठयारो MCC को बाटो खोज्नु
जरूरी छ त ? त्यस बाहेक अमेरिकामा बसोबास गरेका २लाख बढ़ी स्थायी बासिन्दाहरुको सहमति बिना अमेरिकाले नेपाललाई कुनै क्षति गर्ने कुरा सोच्न पनि सक्दैन । कथं कदाचित नेपालमा कुशाशन र अत्याचार मौलायो; प्रजातन्त्र र मानव अधिकार मासियो भने त्यति खेर मात्र त्यो पनि नेपालीहरुकै अनुरोध र संयुक्त राष्ट्र संघको पहलमा अमेरिकी सैनिकहरु ती नेपाली तानाशाहहरुलाई विस्थापित गर्न नेपाल आउनु पर्छ भन्ने तमसुक संयुक्त राष्ट्र संघको सदस्य बनेकै दिन नेपालले विश्व सामु गरिसके पछि अहिलेको नाटक किन र कसका लागि ? MCC को बिरोध गर्नेहरुको उद्देश्य र लक्ष्य के नि ?
एमसिसि चाकलेट हाे भने सैनिक हस्तक्षेप चड़कन ।
प्रजातंत्र र मानव अधिकारको संरक्षण गर्नको लागि अमेरिकाले दुइटै नीति बराबर रुपमा अख्तियार गरेको पाइन्छ ।
आजसम्म जतिवटा देशमा अमेरिकी सैनिक हस्तक्षेप भएको छ ती सबको कारण आतंकबाद र त्यहाँका जनताहरुको मौलिक अधिकार हनन भएकोले उक्त देशहरुमा त्यहीका जनताहरुको अगुवाईमा संचालित प्रजातन्त्र र मानव अधिकार बहालीको आंदोलनलाई सफल पार्नको लागि गरिएको सहयोगको स्वरूप मात्र हो ।
यसरी प्रजातन्त्र र मानव अधिकार बहालीको लागि सेना परिचालन गर्नु अमेरिका र अमेरिकी जनताहरुको लागि संबैधानिक बाध्यता हो।
राम्रो वा नराम्रो भन्नुस् : अमेरिका बनेकै प्राजातन्त्र र मानवअधिकारको रक्षाको लागि बिश्वब्यापी दादागिरी गर्नको लागि नै हो ।
अमेरिका विश्व राजनीतीमा प्रभाव तथा संतुलन कायम गर्नकै लागि सक्षम गैर अमेरिकीहरुद्वारा बनाइएको एउटा योजनाबद्ध संगठन हो; पुरानो अमेरिका त अझै पनि अमेरिका भित्रै अमेरिकी सैनिक र मुद्रा बाहेक बाँकी सबै आफ्नै प्रयोग गर्ने गरी ५६२ जात जातिका आदिबासीहरुको लागि उनीहरुको सहभागिता मात्र भएको बेग्लै राष्ट्रपति (जोनाथन नेज ) को सरकार पनि भएको छूट्टै राष्ट्र ‘नवाहो नेशन’
( http://www.navajo-nsn.gov/ ) समानान्तर रुपमा चलेकै छ । तिनिहरु कहिल्यै नेपाल वा अन्य मुलुक माथि चढाई गर्न न त कहिल्यै गए न त जानेछन् तर नेपालीहरु वा अन्य देशका अमिरिकी बासिन्दाहरु आआफ्नो देशको चीत्कारमा सधै हस्तक्षेप गरी नै रहने छन् । किनभने देशमा ब्याप्त शोषण, अत्याचार तथा बेथितिका बिरुद्ध त्यहीका जनता कमजोर हुँदा उनीहरुको लागि आँखा र शक्ती बन्ने कर्तब्य प्रति विश्व भरिका अमेरिकीहरु सजग र सचेत छन् ।
त्यसैले MCC को पास फेल नेपाली जनताको पास फेल हो । यसको बिरुद्ध जति नै षड्यन्त्र गरे पनि जीत एक दिन सत्य कै हुन्छ ।