शिव शर्मा
टेक्सस– मिनि नेपालको रुपमा चिनिदैछ अमेरिकाको टेक्सस । नेपाली समुदायको बाक्लो बसोबास संगै व्यवसाय पनि यहा“ फस्टाउदो छ । अन्यत्र भन्दा व्यवसायका लागी सहज भएपछि वर्षेनी नेपालीहरु अन्यत्र राज्यबाट यता आउने क्रम बढ्दो छ ,
नेपाली समुदायले विभिन्न व्यवसायमा हात हालेर सफलता पनि पाएका छन् । ग्या“स स्टोर तथा स्टोर व्यवसायमा नेपालीहरुले मनग्गे लगानी गरेको देखिन्छ । एक व्यक्तिले थुप्रैको संख्यामा स्टोर व्यवसाय संचालन गरेका छन् ।
टेक्ससमा सयौको संख्यामा स्टोर व्यवसाय संचालन गरेर अब्बल व्यवसायीको रुपमा दरिएका छन् पासाङ लामा । उनका १ सय ५० भन्दा स्टोरहरु टेक्सस राज्यमा छरिएर रहेका छन् । यो अवस्था सम्म आउन उनले धेरै संघर्ष भने गरेका छन् । स्टोरमा काम गदै सिक्दै उनी व्यवसायमा दरिएका हुन ।
सुरुमा उनले २००४ मा आफनै नामको फुडमार्ट खोले । यसरी सुरु भएको उनको स्टोर व्यवसाय अहिले टेक्सस राज्यमा क्वीक ट्रयाकको रुपमा फैलिएको छ । आफनै ब्रान्डका यी स्टोरबाट व्यवसायमा उनको नाम दरिएको छ ।
स्टोर व्यवसाय संगै उनले अन्य विभिन्न क्षेत्रमा पनि लगानी बढाएका छन् । छोटो अवधिमै उनले स्टोर व्यवसायमा छलाङ मारेका छन् ।
पासाङ मात्र हैनन टेक्ससमा स्टोर व्यवसायमा लगानी गर्ने नेपालीहरुको संख्या दिनानुदिन बढीरहेको छ । कामदारबाट मालिक बन्नेहरुको संख्या बढीरहेको छ । युवा अवस्थामा छोटो समयमा स्टोर व्यवसायमा सफलता हासिल गर्ने मध्येका अर्का व्यवसायी हुन दिपेश श्रेष्ठ । काठमान्डौका रैथाने श्रेष्ठ पनि टेक्ससमा सय भन्दा बढी स्टोर व्यवसाय हुने मध्येमा पर्छन् । २००२ मा अध्ययनका लागी अमेरिका आएका उनले पढाइ सकेर व्यवसायमा लागेर सफलता हासिल गरे । संघर्षबाट नै उनले पनि यो सफलता हासिल गरेका हुन । आइटी, होटल, प्याकेजिङ, तथा रियल स्टेट मा पनि उनको लगानी रहेको छ ।
स्टोर व्यवसाय चलाउन सजिलो तथा धेरै कामदार पनि नचाहिने हुनाले टेक्ससमा धेरैको रोजाइमा परेको छ यो व्यवसाय । आफै खटिएर पनि यो व्यवसाय चलाउन सकिन्छ । टेक्ससमा सुरुमा स्टोर व्यवसायमा पाकिस्तानी र भारतीयको जगजगी रहेको व्यवसायीहरु बताउछन् । भारतीय तथा पाकिस्तानीहरु स्टोर छाडेर मोटेल, कन्सटन्क्सन, सपिङसेन्टर लगायत अन्य व्यवसायतिर लागेपछि स्टोर व्यवसायमा नेपाली समुदायको बाहुल्यता बढेर गएको हो ।
टेक्ससमा सुरुमा स्टोर संचालन गर्ने र अरुलाई प्रेरणा दिने व्यक्त्विको रुपमा अन्जन श्रेष्ठको पनि नाम आउछ । सुरुवाती दिनमा उनले पनि धेरै स्टोरहरु चलाएर डयालस क्षेत्रमा यो व्यवसायतर्फ धेरैलाई आकिर्षत गराए । उनको हौसला र देखासिकीले धेरैले यहा“ स्टोर चलाउन पनि थाले । व्यक्तिगत रुपमा चलाउने देखि साझेदारीमा स्टोर संचालन गर्ने नेपालीहरु टैक्ससमा धेरै छन् ।
सन् २००६ मा टेक्ससमा बसेर स्टोर व्यवसाय संचालन गदै आएका हरिबोल भण्डारी पछिल्लो केही वर्ष यता स्टोर व्यवसाय तिब्र रुपमा फस्टाएर गएको बताए । ‘सुरुवाती दिनमा नेपालीका फाटफुट मात्र स्टोर व्यवसाय देखिन्थयो’ भण्डारीले भने– ‘आठ–दस वर्षको अन्तरालमा नेपालीहरुको स्टोर व्यवसाय हवात्तै बढेर गयो ।’
स्टोर व्यवसायमा काम गदै यसको स्वामित्व लिने क्रम संगै नेपाली व्यवसायहरु बढीरहेका छन् । अन्य व्यवसाय भन्दा स्टोर व्यवसाय केही सहज भएकाले पनि यस तर्फ धेरैको आकर्षण बढेको व्यवसायी सुमन थापा बताउछन् । पछिल्लो पटक टेक्ससमा स्टोर व्यवसायमा थापाले पनि छलाङ मादै गएका छन् । उनका पनि टेक्ससमा दर्जनौ स्टोरहरु संचालित छन् ।
‘स्टोर व्यवसाय अन्य व्यवसाय भन्दा चलाउन सजिलो छ’ थापाले भने– यही भएर पनि धेरै नेपालीहरु यो व्यवसायमा आकर्षित संगै यसमा लागेर राम्रो कमाइ पनि गरेका छन् । उनका अनुसार टेक्ससमा ९० प्रतिशतले मुल्य व्यवसायको रुपमा स्टोर गदै आएका छन् ।
्विशेष गरी टेक्ससको ड्यालस, फोटवर्थ, वेको, मिकिनी, सेरमा, हयुस्टन, अस्टिन लगायतका सहरमा नेपालीहरुको स्टोर व्यवसाय संचालित रहेको छ । सामान्यत एउटा स्टोरमा एक लाख डलर देखि ५ लाख लगानी स्टोरमा हुने गरेको व्यवसायीहरु बताउछन् । चलेका राम्रा स्टोरले सबै खर्च कटाएर मासिक ४ हजार देखि २० हजार डलर सम्म आम्दानी गदै आएका छन् ।
टेक्ससकै हयुस्टन सहरमा बस्दै आएका ज्ञानेश्वर श्रेष्ठले विद्यार्थी भिसामा १९९५ मा अमेरिका आएका थिए । अध्ययन पुरा गरेर उनले २००५ मा स्टोर व्यवसायमा हात हाले । हयुस्टका राम्रा नेपाली व्यवसायीको रुपमा चिनिने श्रेष्ठका पनि दर्जनौ स्टोर छन् । ‘अमेरिका एउटा अवसरको भुमि हो’ व्यवसायमा सफलता हासिल गरेका उनले भने– ‘निरन्तर परिश्रम गरियो भने हरेक व्यवसायमा सफलता हासिल गर्न सकिन्छ । उनले स्टोर संगै अन्य व्यवसायमा पनि हात हालेका छन ।
टेक्ससमा सामान्यतः एकै व्यक्तिका एक दुई देखि सयौ स्टोर संचालन गरेर राम्रो आम्दानी गदै आएका छन् । सामान्य रुपमा आफै वर्षो सम्म स्टोरमा काम गरेर मालिक भएकाहरुले व्यवसायमा सफलता हासिल गरेका छन् । कतिपय भने तौरतरिका नजान्दा व्यवसायमा लागेर लगानी डुबनाउनेहरु पनि त्यतिकै छन् ।
टेक्सस क्षेत्रमा ६ सय नेपालीका १ हजार देखि १५ सय स्टोर रहेको नेपलिज अमेरिकन च्याम्बर अफ कर्मश ड्यालस च्याप्टरका अध्यक्ष बाल जोशीले जानकारी दिए । ‘पछिल्लो क्रममा टेक्सस क्षेत्रमा नेपालीहरुको स्टोर व्यवसाय फस्टाउदै गएको छ’ जोशीले भने– धेरैको रोजाइ स्टोर व्यवसाय बनेको छ । उनका अनुसार टेक्सस क्षेत्रमा झण्डै ५ हजार परिवार स्टोर व्यवसायमा आश्रीत रहेका छन् ।