अमेरिका– विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको डरले मास्क किन्नेहरुको भागदौड मचिएको छ ।
अधिकांश देशका सुपरमार्केट तथा पसलहरुमा मास्कको स्टकमा समेत कमी आएको समाचार एजेन्सीहरुले जनाएका छन् । कतिपय देशमा आवश्यकता भन्दा बढी मास्क किन्ने क्रम बढेपछि यसमा समेत निगरानी बढाइएको छ । इ कर्मश कम्पनी अमेजनले पनि मास्क विक्रीको मापदण्ड सहित आफनो साइटमा निगरानी थालेको छ । चिकित्सकहरुले समेत जो बिरामी छैनन उनीहरुले मास्क किन्न जरुत छैन ।
सर्जिकल मास्कको एउटा ठुलो हिस्सा चीनमा बन्ने गरेको छ । अहिले आएर कोरोनाइभाइरस संक्रमण संगै विभिन्न कारणले यसको उत्पादन ठप्पै भएको छ । अमेरिकाका केही ठुला सुपरमार्केटमा पनि पछिल्लो केही साता मास्कको विक्री रफतारले बढेर गएको छ ।
अमेरिकाको सबै भन्दा ठुलो होम इंप्रुवमेन्ट चेन होम डिपोले पनि प्रति व्यक्ति १० अनुहार मास्क सिमित गरिदिएको छ । अमेरिकन सोसाइटी आफ हेल्थ सिस्टमका एक अधिकारीका अनुसार केही अस्पतालहरुमा एक देखि दुई साताका लागी मास्क स्टक रहेको बताइएको छ । प्रमुख थोक व्यापारीहरु अडर अनुसारको मास्क परिपुर्ति गर्न असमर्थ रहेका छ्न ।
कोरोनाभाइसर सक्रमण फैलिदै गएपछि दक्षिण कोरियामा मास्क अभाव भएको छ । मास्क किन्न लाइन बस्नेहरु बढेका छ्न । मास्क अभाव भएपछि यसको उत्पादन बढाउन जोड दिइएको छ । थ्रि एम नामको अनुहारको मास्क बनाने मिनिसोटा कम्पनीले अमेरिका युरोप तथा एशिया र दक्षिण अेमरिका स्थित आफनो कम्पनीमा उत्पादन लाई बढाउने बताएको छ । फोन निर्माता कम्पनी एप्पलका लागी सामान बनाउने ताइवानको फाक्सकान इलेक्ट्रोनिक्स ले आफना कमर्चराीका लागी प्रतिदिन धेरै भन्दा धेरै मास्क बनाउन थालेको छ ।