अमेरिका– संसारभर तिब्र रुपमा फैलिएको कोरोनाभाइरस नियन्त्रणका लागी विश्वका ठुला संस्थाहरु अग्रसर भर्एका छन् ।
कोरोनाभाइरस नियन्त्रणका लागी वल्र्ड बैकं, गुगल तथा विश्व स्वास्थ्य संघ (डब्लुएच ओ) एकजुट हुदै अग्रसर भएका हुन । यी तीनवटै संस्था मिलेर कोरोनाभाइरस निर्मुल पार्न अर्बो डलर खर्च गर्न लागेका हुन ।
विश्व बैकले कोरोनाभाइरस प्रकोप संग लडनका लागी विभिन्न देशलाई सहयोग गर्न १२ अर्ब डलर को सहायता कोषको घोषणा गरेको छ । विश्वबैकका अध्यक्ष डेविड मलपासले यो रकमले तिव्र रुपमा कोरोनाभाइरस फैलिएको मुलुकलाई सहयोग पुग्ने बताए । उनले कोरोनाभाइरस लडन सक्ने क्षमता कम भएका गरीब राष्ट्रका लागी समेत यो सहयोगले टेवा पुग्ने विश्वास लिएका छन् ।
उनले भने– यतिका रकम सबैभन्दा गरीब देशका लागी हो जुन चिकित्सक, स्वास्थ्य सेवा र उपकरणका लागी खर्च गरिनेछ । रकम जुन देशले सहयोगका लागी मदत माग्नेछन् तिनीहरुलाई प्रदान गरिने विश्व बैकले जनाएको छ ।
उनले सर्ब भन्दा पहिला सहयोग गर्ने देशका बारेमा भने केही खुलाएका छैनन ।
यस्तै कोरोनाभाइरस प्रभावित , व्यवसाय तथा स्कुलको लागी गुगलले विशेष पहल थालेको छ । गुगलले कर्मचारी शिक्षक तथा विद्यार्थीलाई घरबाट काम गर्नेलाई मदत गर्ने बताएको छ ।
यस्तै विश्व स्वाथ्य संघले पनि कोरोनाभाइरस संग लडन १५ मिलियन डलर सहयोगको घोषणा गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected