अमेरिका– अमेरिकाको टेनिसी राज्यमा आएको सामुन्द्रीक आ“धीले मुत्यु हुनेको संख्या २५ पुगेको छ ।
आ“धीको चपेटामा परेर अझै २० जना बेपत्ता भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । आ“धीले अधिकांश भौतिक सरचना तहसनहस भएका छन् । बिजुलीको लाइन ध्वस्त भएपछि हजारौ घर अन्धकार भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रभावित क्षेत्रको निरीक्षण गदै छन् । उनले पीडितहरुलाई सहयोग गर्ने वचनवद्धता समेत दिएका छन् ।
राष्ट्रिय मौसम विभागले यो अहिले सम्मकै डरलाग्दो आ“धी भएको बताएका छन् । आधीले बाटोमा गुडीरहेका कार देखि मान्छेलाई उडाएको संचारमाध्यमले जनाएका छन् । टेनिसीको विमानस्थल पनि आधीले तहसनहस बनेको छ । आ“धीबाट प्रभावित १ सय ५० जना भन्दा बढी अस्पताल भर्ना भएका छन् । टेनिसीमा अहिले आपकालीन स्थितिको घोषणा गरिएको छ ।
अमेरिका– विश्वमै प्रख्यात ...
अमेरिका-अमेरिकाको ओहोयोको ...