अमेरिका– अमेरिकामा कोरोनाभाइरस संक्रमण दु्रत गतिमा फैलिएर गएको छ । यहा मुत्युको संख्या हेर्ने हो भने अधिक बनेको हो । अमेरकाको ५० राज्यमा फैलिएको कोरोनाभाइरसबाट यो समाचार तयार पार्दा सम्म ११६ जनाको ज्यान गइसकेको छ । राज्यभरी अहिले सम्म ७३९८ जना सक्रमित संख्या भइसकेको छ । कोभिड–१९ बाट बासिङटनमा २६ फेब्रुअरीमा पहिलो मृत्यु भएको थियो । एक महिना पनि नपुग्दै सय भन्दा बढीको ज्यान गइसकेको छ भने ७ हजार भन्दा बढी संक्रमीत भइसकेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमण फैलिएपछि युद्ध स्तरमा तयारी गरिरहेका छन् । राज्यमा संकटकाल घोषणा गरेर यसको रोकथामका लागी हरेक प्रकारको प्रयासमा जुटेको देखिन्छ ।
कोरोनाभाइरस सक्रमणमा सबै भन्दा अधिक पुर्वी तट न्युयोर्क र पश्चिममा वासिङटन बढी प्रभावित भएका राज्य बनेका छन् अहिले सम्म सबै भन्दा धेरै वासिङटन राज्यमा ५५ जनाको ज्यान गइसकेको छ ।
वासिङटनमा सक्रमित संख्या पनि अन्य राज्यको तुलानामा उच्च रहेको छ । अन्तराष्ट्रि संचार माध्यमका अनुसार वासिङटनमा ९५४ एक हजार भन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । अमेरिकाको सबै भन्दा व्यस्त र ठुलो सहर न्युयोर्क पनि कोरोनाभाइरसको उच्च जोखिममा परेको छ । न्युयोर्कमा अहिले सम्म १६ जनाको ज्यान गएको छ भने सबै भन्दा धेरै २ हजार ४ सय ८० जना संक्रमित भेटिएका छन् । अमेरिकाको बासिङटनबाट सुरु भएर अहिले सबै राज्यमा डढेलो झै कोरोनाभाइरस सक्रमण फैलिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि कोरोनाभाइरसको महामारी घोषित गरेपछि विश्वभर यसले त्रास बढेर गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकट जुलाई अगस्त पछि अन्त्य हुने दाबी गरेका छन् । अमेरिकामा कोरोनाभाइरस सक्रमणबाट मुत्यु हुनेमा ७० वर्ष भन्दा माथिका उमेर समुह रहेको वासिङटनपोस्टले लेखेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई ध्यानमा राखेर १० जना भन्दा बढीको भीड बनाएर सहभागी नहुन अनुरोध गरेका छन् । उनले धेरैलाई घरभित्र बस्न र हरसंभव भए सम्म घरबाटै काम गर्न भनेका छन् । सिलिकन भ्यालीका ७ मिलियन भन्दा बढीलाई घरभित्र रहन भनिएको छ । यतिबेला अमेरिकामा स्कुल कलेज बार, रेष्टुरेन्ट तथा अधिकांश पसलहरु बन्द भइसकेका छन् ,। न्युजर्सिमा कफ्यु लागेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वमा २० लाख भन्दा बढी मानिसमा यसको संक्रमण भेटिएको छ । यसको संक्रमणबाट ८२७२ जनाको ज्यान गइसकेको छ ।
सबै भन्दा बढी चाइनामा ३ हजार २ सय ३७ र इटलीमा २ हजार ५ सय ३ जनाको ज्यान गएको छ । चीन पछि सबै भन्दा प्रभावित युरोपको इटली बनेको छ । कोरोनाभाइरसका कारण इटली पुरै लक डाउन गरिएको छ । अरबीयन मुलुक इरान तेस्रो चपेटामा पर्ने मुलुकमा परेको छ । इरानमा एक हजार भन्द बढीको जनाको ज्यान गइसकेको छ भने ३१ हजार भन्दा बढी सक्रमित भएका छन् । चीनबाट सुरु भएको कोरोनाभाइरस यतिबेला युरोप अमेरिका हुदै संसारभर फैलिन पुगेको छ ।