अमेरिका– कोरोनाभाइरस लाई लिएर धेरै अडकलबाजी र अनुमान गरिएका छन् । यो भाइरसले बढी बुद्धबुद्धा लाई मात्रै छुने भनेर प्रचार गरिएको छ । तर भाइरसले केवल उमेर समुहलाई मात्रै आक्रमण गदैन भन्ने दाबी अनुसन्धानकर्ताले गरेका छन् । यस्तै यहा“ एउटा अनुसन्धानले कोरोनाभाइरसले बालबालिकामा पनि प्रभाव पार्ने बताइएको छ । बालबालिकामा कोरोनाभाइरसले कसरी प्रभाव पार्छ भन्ने बारेमा अमेरिकाको भर्जिनिया स्वास्थ्य प्रणााली विश्वविद्यालयको अनुसन्धानमा संलग्न चिकित्सकको टोलीले बालबालिकामा पनि उतिकै प्रभाव पार्ने बताएका छन् ।
अनुसन्धानमा संलग्न चिकित्सक टोलीका प्रमुख स्टेभिन एल जीचनरले कोरोनाभाइरसबाट सक्रमीत बालबालिका गंभीर रुपमा बिमारी हुन सक्ने बताए । उनले बालबालिकामा पनि यो भाइरसको उच्च जोखिम रहेको बताएका छन् ।
अमेरिकाको एउटा जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेख अनुसार कयौ सक्रमक रोगले व्यस्कको तुलनामा बाालिकाकालाई अलगम प्रकारले बढी प्रभावित पार्न सक्छ । अनुसन्धान अनुसार ति बालबालिामा कोरोनाभाइरस हुन सक्छ जो पहिला देखि नै कुनै न कुनै रोगले ग्रस्त छन् । अनुसन्धान अनुसार बच्चामा कोविड–१९ फैलिने ज्यादै खतरा हुन्छ । फोक्सो सम्बन्धी विमार हुने झनै उच्च जोखिममा रहने गरेका छन् ।
अनुसन्धानकर्ता स्टेभिनका अनुसार दुई तिहाई बालबालिकामा भाइरसको संक्रमणको लक्षणले उनिहरुमा कोविड–१९को आकलन गर्न धेरे कठिन छ । उनले कयौ कोरोनाभाइरस निदान भए पनि कयौ साता सम्म बालबालिकामा भाइरस रही रहेको हुन्छ ।
उनले संक्रमीत बालबालिकाको संख्या उच्च नरहे पनि कोरोनाभाइरसबाट सावधानी र सचेतना अपनाउनु जरुरी रहेको बताएका छन् । बच्चाहरुमा भएको कोरोनाभाइरसले उनिहरुलाई मात्र हैन पुरै परिवारलाई प्रभावित पार्ने भएकाले सावधानिक अपनाउनु जरुरी छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected