मान्छेलाई छुन डर भएको छ आज
रोग सर्छ रे गएदेखि भिडभाड माझ
कसले यो स्थिति ल्यायो
संसारलाई जितेर मान्छेले के पायो??
बिर्सिएको थियो मान्छेले आफुलाई
भ्रममा थियो गरेको छु भनि संसारलाई रजाइं
खोइ त्यो अभिमानले आज के पायो
मान्छेसंग नै भाग्न पर्ने दिन आज आयो।
खानपान रहन सहनमा परिवर्तन ल्याउं
यो महामारीलाई हातेमालो गरि भगाउं
कुरिति अन्धविश्वासमा भरपर्ने दिन गयो
आफ्नै बस्तीमा आज डराएर हिंड्न पर्ने भयो
संयम र समझदारीले समस्यासंग लडौं
महामारीलाई जिति मानवताको झंडा गाडौं
जागौं है सबै अव पुर्वमा उज्यालो भयो
आत्तिएर रुने कराउने दिन अव गयो ।
(थापा ड्यालसमा सक्रिय साहित्य सर्जक हुन )
समय अनुसार भलाकुसारीका ...
अमेरिका–संसारकै शक्तिशाली अनि ...