– बैकुण्ठराज आचार्य
शहरमा संत्रास छ
देशमा संत्रास छ
बिस्वमा संत्रास छ
ज्यान कै खतरा छ
घरमा बन्द
कोठामा बन्द
त्रासै त्रास
महाब्याधि फैलँदोछ
शायद यहि हो उसको संदेश
कति डुलिरहन्छस ?
कति रमाइरहन्छस ?
बाहिरी दुनियाँमा
जानिस तैंले
उचाल्न, पछार्न, घोक्र्याउन, मुन्ट्याउन
लाचार पार्न, छलछाम गर्न, होच्याउन
ठग्न, लुट्न, धोका दिन, फसाउन
बिर्सिस तैंले
माया–प्रेम, स्नेह, ममता
दया, करुणा, क्षमा, समानता
सौहाद्रता, सदभावना, मानवता
ए मान्छे !
घरै भित्र बस ,हेर आफैंलाई,
बुझ आफैंलाई
सोच,आखिर जीवन के रै‘छ
बिर्सेका कुराहरुको
चेतना हुनेछ मानवीय गुणहरुको
महाब्याधि आफैं हराउनेछ
ए मान्छे !
यो संदेश हो मेरो
तँलाई सचेत गराउन
तँलाई सहि बाटोमा हिँडाउन ।
(कवि आचार्य युएसनेपाल पाेस्टका नियमित स्तम्भकार हुन )
मलाई के बिपत्तिले घेर्यो – ...
केहि महिनाको नेपाल बसाई पछि ...