अमेरिका– विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसको चपेटामा पर्ने अमेरिका चीनपछि कोरोनाभाइरस सक्रमणको इपिसेन्टर बन्ने खतरा बढेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि अमेरिकामा फैलिदै गइरहेको कोरोनाभाइरसको संक्रमण देखेर चिन्ता व्यक्त गदै इपिसेन्टर बन्नबाट रोक्न सुल्झाएको छ । बुधबार विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गेट हेरिसले सिएनएनलाई बताएका छन् । उनले अझै पनि कोरोनाभाइरस संक्रमण रोक्न समय रहकोले यसमा अमेरकालाई सुझाव दिएका हुन ।
अमेरिकामा कोरोनाभाइरस संक्रमणको संख्या र मृतकको संख्या दिनानुदिन बढदै गएपछि विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको इपिसेन्टर बन्नबाट रोक्न बेलैमा सचेत हुन आग्र गरेको हो । अमेरिकामा अझै पनि कोरोनाभाइरस किट टेस्ट गर्ने प्रभावकारी काम अघि बढेको छैन ।
अमेरिकामा दिनप्रतिदिन कोरोनाभाइरस संक्रमण हुने संख्या हजारौको संख्यामा बढीरहेको छ । यो समाचार तयार पार्दा सम्म अमेरिकामा ६४ हजार ८६ जना कोरोनाभाइरस संक्रमणबाट प्रभावित भएका छन् । संक्रमणबाट ९२७ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकाको पनि न्युयोर्क सहर सबै भन्दा प्रभावित बनेको छ । यहा“ ३० हजार भन्दा बढी संक्रमीत र २८५ जनाको ज्यान गएको छ ।

वाइट हाउसले समेत दुई देशका प्रमुख बीच यस बिषयमा कुराकानी भएको पृष्टि गरेको छ । ट्रम्प दोस्रो पटक फेरी आफनो राष्ट्रपतिय चुनावी प्रचारको दौड चाडै सुरु गर्न चाहन्छन् । यही भएर पनि यो अवस्थाको अन्त्य छिटो होस भन्ने उनी चाहिरहेका छन् । उनले सामाजिक दुरीका कारण अमेरिकाको अर्थतन्त्र धराशयी भएको बताएका छन् । एक वर्षमा हजारौ अमेरिकनलाई गुमाउनु परेकाले हालत अरु बिगर्न नदिन उनले हरेक उपाय अपनाइ रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected