अमेरिका– अमेरिकामा कोरोनाभाइरसको प्रकोप दिनप्रतिदिन तिव्र गतिमा फैलिदै गएपछि अवस्था बिग्रदै गएको छ ।
अमेरिकामा कोरोनाको महामारी बढ्दै गएपनि आंशिक रुपमा लक डाउन भएपछि अवस्था बिग्रदै गएको हो ।
विशेषज्ञहरुले पूर्ण रुपमा लक डाउन भएन भने अवस्था झनै भयावह बन्ने चेतावनी दिएका हुन । यो अवस्थाले अमेरिकामा कोरानाको कहर चीन भन्दा पनि भयानक हुने तर्फ विज्ञहरुले ध्यान आकृष्ट गराएका छन् ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने पूर्ण रुपमा लक डाउन गर्ने अवस्थामा देखिएका छैनन । चीनपछि इटली, इरान स्पेन संगै पुरै युरोप र अमेरिका अहिले कोरोनाको चपेटामा परेका छन् । जान हापकिन्स सेन्टर फर हेल्थ सिक्योरिटी का निर्देशक टम इंगल्सबीले अमेरिकी राष्ट्रपतिले राष्ट्रीय लक डाउनका लागी गला खोल्ने तयारी नगरेको बताए । उनले यदि पुरै अमेरिका लक डाउनको घोषणा नगरे कोरोना फैल्ने रफतार बढेर चिकित्सकले समेत सेवा र त्यो अवस्थालाई समाल्न नसक्ने दिन आउने चेतावनी दिएका छन् । उनले यसले देशमा लाखौको ज्यान जान सक्ने समेत बताएका छन् ।
तर ट्रम्पले भने साता दिन भित्रमा अमेरिकामा सबै ठिक हुने र बजार खुल्ला रहने बताएका छन् । उनले यस अघि अमेरिका पुरै लक डाउन नहुने बताउदै आएका थिए ।
अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट १ हजार ३९ जनाको ज्यान गइसकेको छ भने ६७ हजार भन्दा बढी संक्रमित भएका छन् ।

तस्वीर न्युयाेर्क टाईम्स

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected