अमेरिका–अमेरिकामा फैलिदै गएको कोरोनाभाइरससंग जुध्न नया नियम बनाइएको छ । कोरोनाभाइरसको जोखिम दोस्रो व्यक्ति सम्म पु¥याउनेलाई अपराधी घोषित गरिदै जन्मकैद सम्मको सजाय तोकिएको हो । पछिल्लो क्रममा अमेरिकामा भीड गर्ने र लार्पावाही गर्नै क्रम बढेपछि यस्तो नियम बनाइएको हो ।
। सिएनएनका अनुसार डिप्ट एटा“र्नी जनरल जेफरी रोसेनले जानीजानी यो भाइरस फैलाउनेलाई अपराधी घोषित गदै कार्वाही गरिने बताएका छन् । दोस्रो व्यक्तिलाई जानजान संक्रमित गर्नेको हकमा यो कानुन लागु हुनेछ ।
एउटा लिखित आदेश अनुसार यस्तो हर्कत गर्नेलाई बायोलोजिकल एजेन्ट मानिनेछ । अमेरिकाको न्याय विभाग अन्तर्गतक सबै निकायलाई आदेश जारी गदै यस्तो हर्कत गर्नेलाई अपराधी घोषित गदै पक्राउ गर्न आदेश दिइएको छ ।
आदेश अनुसार अमेरिकामा यस्तो हर्कत गरेर जसले यसलाई हतियार बनाएर अरुको जीवन संकटमा हाल्न खोज्नेलाई नछोडिने बताइएको छ ।
अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट ६८ हजार बढी प्रभावित भएका छन भने १ हजार ५१ जनाको ज्यान गएको छ । अमेरिकी सरकार यसैलाई लिएर धेर्र गंभीर बनेको छ । यसलाई लार्पावाही गदै जानजान अरुलाई शिकार बनाइरहेका कारण समस्या उत्पन्न भएको बताइन्छ ।
अमेरिकामा अहिले केही राज्यमा आंशिक लकडाउन मात्र छ । सरकारले सामाजिक दुरी बढाउन भने पनि यो लागु हुन सकेको छैन यही भएर अमेरिकाले यस्तो कडा कानुन ल्याएको हो ।
न्युयोर्कमा पछिल्लो समय भीडभाडको तस्विर बाहिर आएपछि सरकारले नियमलाई कडा पारेको हो ।
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...