सात समुन्द्रपारी रहे पनि नेपालीले आफनो चाडपर्व भने भूल्न सक्दैनन् । झनै दशैं र तिहार जस्तो चार्ड प्रवासमा पनि धुमघामले मनाउछन् । दशैंमा टिका लगाउने, मिष्ठान्न भोजन गर्ने र साथीभाई र आफन्तहरु एकआपसमा झमघट हुने गर्छन् । अरु बेला कामले फुर्सद नपाउने नेपालीहरु चाडपर्वलाई एक आपसमा भेटघाटको अवसर पनि बनाउछन् । टिका लगाउने साईतमा भने कमैले लगाउने मौका पाउछन् । नेपाल र यताको समयको तालिका मिल्दैन । काममा छु्ट्टी नपाउनेहरुले बिहान तथा बेलुकाको समय मिलाएर टिका लगाउछन् । यहा“को टेक्सासको ड्यालसस्थित नेपाली मन्दिरमा आयोजना हुने सामुहिक टिका कार्यक्रममा पनि कतिपय सहभागी हुन्छन् । एउटा राज्यबाट अर्को राज्यमा गएर साथीभाई भेला भएर समेत नेपालीले दशै मनाउछन् । अमेरिकामा रहेका विभिन्न क्षेत्रसंग सम्बन्धीत नेपालीहरुको दशैं अनुभव उनिहरुकै शब्दमा –
सुरेशचन्द्र पोखरेल, अध्यक्ष नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, ड्यालस टेक्सस
टेक्ससमा धेरै नेपालीहरुको बसोबास रहेको छ यहा“ दशै हरेक वर्ष भव्य हुदै आएको छ । केवल नेपालको जस्तो रोटेपिङ र लिंगे पिङ मात्रै नहुने हो । अरु सबै गतिविधि नेपालकै जस्तै दुरुस्तै हुदै आएको छ । यसले झनै यहा“को दशैलाई रमाईलो र भव्य बनाउछ । टिका कार्यक्रमले नेपालकै जस्तो झझल्को दिने गरेको छ । देश भन्दा बाहिर झनै चाडपर्वको छुट्टै मत्व हुन्छ । आफनो परम्परा र संस्कृति प्रति हामीलाई झनै संरक्षणको दायित्व बोध गराउछ । दही चिउरा सेलरोटी खाने तथा नाचगान रमाईलो गर्ने कार्यक्रम पनि हुन्छ । अमेरिका आएको १२ वर्षको यो लामो अवधिमा विदेशमा दशै मनाउदा खासै खल्लोपनको अनुभव गर्नु परेको छैन । यस पटक पनि बुबा यतै हुनुहुन्छ । ८२ वर्षिया पिताको हातबाट टिका लगाएर आर्सिवाद ग्रहण गरिन्छ । यस पटक दशै विक डेमा परेकाले विदा मिलाएर दशै मनाउने कार्यक्रम छ । आफनो परम्परा देखि चलिआएको संस्कार र संस्कृतिलाई छाडने कुरा भएन । घरमा मिष्ठान खानेकुरा पकाइन्छ । साथीभाईको मा गइन्छ र साथीभाईलाई पनि डाकिन्छ । दशैका लागी भनेर खसी ल्याइसकिएको छ । विदेशमा नेपालको जस्तो दशै नभए पनि आफैले रमाइलो मानेर मनाउने हो । नेपालमा जस्तै १५ दिन सम्म धुमधाम यहा“ हुदैन । एकैदिनमा यहा“ दशै सकिन्छ ।
ओम भट्टराई, प्रवक्ता गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिका
आमा बित्नु भएकाले दशै दुई वर्ष दशै मनाइएन । यसपटक भने मनाउदैछौ । त्यही हो साथीभाई जमघट शुभकामना साटासाट गरेर दशैलाई रमाइलो बनाउने कोसिस गर्न छौ ।अरु बेला कामको व्यस्तताले भेटघाट गर्न नपाएका इष्टमित्रहरुसंग पनि यही दशैको मौका पारेर भेटने समय तय भएको छ । साथै यही बेला पारिवारक घुमघाम पनि गर्नेछौ । परदेशमा स्वदेशको जस्तो दशै त खासै हुदैन । मलाई लाग्छ यताको दशै कृत्रिम हो । बचेको समयलाई हामीले यसलाई सांस्कृतिक महोत्सवको रुपमा लिएका छौ । नेपालमा विदा हुने भएकाले दशैको रौनक बेग्लै हुन्छ । जे जस्तो भए पनि बेफुसर्दीका कारण पनि हामीले दशैको महत्वलाई परदेशमा भए पनि गुमाउन दिएका छैन जस्तो लाग्छ । भावी पुस्तालाई पनि चाडपर्व बारे जानकारी दिन हामीले आफनो परम्परा र संस्कारलाई अंगालेर दशै मनाउनुपर्छ ।
रामप्रसाद खनाल, अध्यक्ष, अन्तराष्ट्रिय कलाकार मञ्च, अमेरिका
दशैको आगमन संगै मालश्री धुन बज्दा मेरो मुटु सिरिंङ हुन्छ । यो धुन सुन्दा नेपालको यादले सताउछ । परदेशमा दशै खल्लो जस्तो लाग्छ । तर पनि जे जसरी हुन्छ हासीखुसी मानेर दशै मनाउदै आएका छौ । स्वदेशमा जस्तै इष्टमित्र आफन्तहरुको जमघट त्यति हुदैन । जति हुन्छौ भेला भएर यो परदेशको ठाउ“मा पनि दशै मनाउदै आएका छौ । अघिल्लो वर्ष त दशैमा नेपालमा थिए । सबै आफन्त मान्यजनको हातबाट टिका लगाइएको थियो । निकै रमाइलो भएको थियो । स्वदेशमा दशैको रौनक बेग्लै हुनेगर्छ । झन्डै १५ दिन दशैले छोप्छ स्वदेशमा । तर परदेशमा एक दिन मनाइने दशै खासै उत्साहजनक हुदैन ।
अमेरिकामा दशै मनाउने भनेको औपचारिकता पुरा गर्ने मात्र हो जस्तो लाग्छ । खासै चहलपहल दशैको यता हुदैन । हरेक चाडपर्व आउ“दा जहिले नेपालको सम्झना आउछ । दशैको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना हुनेगर्छन् । ति कार्यक्रमहरुमा सहभागिता जनाउने र साथीभाई संग भेटेर रमाइलो गर्ने कोसिस गर्छो । यो ठुलो पर्वमा घरपरिवामा टिका ग्रहण गर्ने गर्छो ।
सुमन थापा, अध्यक्ष नेपाली समाज टेक्सस
नेपाली समाज टेक्सासअमेरिका आएको १७ वर्षको यो अवधीमा ठुला पर्व दशैतिहार यतै बित्यो । स्वदेश गएर अहिले सम्म टिका लगाउने मौका पाएको छैन । जे जसरी भए पनि परदेशमा आफनो संस्कार र संस्कृतिलाई पछ्याउदै दशै पर्वलाई उल्लासमय बनाउदै आएका छौ । नेपालमा जस्तै रमझम त यता खासै हुदैन । पारिवारिक भेट डिनर कार्यक्रम गरेर टिका ग्रहण गर्छो । परदेशी जीवनको व्यस्तताले समयमा पनि यहा टिका ग्रहण गर्न पाईदैन । नेपाली समाजमा पनि सक्रिय रहदै आएकाले पनि हामीले दशै विशेष कार्यक्रमहरु आयोजना गरेर नेपाली समुदायलाई मनोरञ्जन दिदै आएका छौ । हरेक वर्ष जस्तै यस पटक पनि दशैको मौका पारेर चंगा चेट तथा विभिन्न कलाकारहरुलाई समेटेर दशै विशेष कार्यक्रम ग¥यौ । घटस्थापना देखि दशमी सम्म विविद्य कार्यक्रमहरु दशैं सम्बन्धी आयोजना गरिएका छन् । नेपाली मन्दिरमा गुरुहरुबाट सामुहिक टिकाको कार्यक्रम राखेका छौ ।यही सबै गतिविधीले यहा“ बस्ने नेपालीलाई दशैंको अनुभव खल्लो महसुस हुदैन । जहा“ रहे पनि आफनो धर्म संस्कार र संस्कृति बिर्सन हुदैन भन्ने मान्यताले चाडपर्व मनाउन नेपालीहरु विदेशमा भए पनि उद्धत छन् । नया पुस्ताका लागी आफनो चाडपर्व बारे जानकारी दिन पनि समाजले दशैका विविद्य कार्यक्रमहरु गदै आएको छ ।
डा प्रभात दिक्षित,प्राध्यापक
यसपाली ठुलाबुबा (मदनमणि दिक्षित) बित्नु भएकाले दशैको टिका छैन हाम्रो । अघिल्लो वर्ष त धुमधाम भएको थियो दशै । बुबा आमा हुनुहुन्न, दशैमा नेपाल जानैपर्छ भन्ने कर छैन । कलेजमा यतिबेला बिदा पाइदैन । सबै जना यतै छौ । दशैमा धेरै जना टिका लगाउन प्राय म कहा“ जमघट हुन्छ ।
सन् २००८मा अमेरिका आएपछि प्राय दशै यतै भएको छ । हाम्रो आफन्त र इष्टमित्रको ग्रुप ठुलो छ , दशै रमाइलो नै हुन्छ । टेक्ससमा नेपालीहरुको बसोबास बाक्लो रहेकाले दशै भव्य हुने गरेको छ । टेक्ससमा नेपाली मन्दिरबाट सामुहिक टिका लगाउने परम्परा सुरु भएको हो । तत्कालिन नेपाली समाज टेक्ससका अध्यक्ष डा प्रेम अधिकारी संग भेट भएपछि दुर्गाको मुर्ति ल्याएर मन्दिर स्थापना ग¥यौ । डा शेखर पन्डितलाई लुजियानाबाट ल्यायौ । त्यस्तै २००९–२०१० तिरबाट नेपाली मन्दिरमा टिका लगाउने जमटघ भयो । त्यो परम्परा अहिले सम्म पनि कायम छ । नेपाली मन्दिरमा जमरा राख्ने र टिका ग्रहण गर्ने कार्यक्रम हरेक दशैमा हुदै आएको छ ।
नेपालमा र यहा“ दशै मनाउने प्रचलन खासै फरक छैन, उस्तै हो । यता भनेको बेला विदा नपाइने हुनाले समय मिलाएर आफनो अनुकुलमा टिका लगाउनु पर्ने हुन्छ । नेपालमा जस्तो फुर्सद यहा“ हुदैन दशैको बेला । सबै परिवार यतै हुनेलाई रमाइलो नै छ । बुबाआमा नेपाल हुनेलाई यो समयमा विदा मिलाएर जान मुस्किल छ । तर पनि हरेकले आफनो अनुकुलता हेरेर दशै मनाउदै आएका छन् ।