अमेरिका– तनहुँका केशब खत्रीको यसपालीको दशै परदेशमा भए पनि धुमधाम हुने भएको छ । अमेरिकाको ओहायो बस्दै आएका उनको बाबा आमा पनि दशैका लागी यता आउने भएकाले पनि उनमा उत्साह भएको हो । ‘सपरिवार भएर मनाउदा परदेशमा भए पनि रमाईलो नै हुन्छ’ उनले भने–‘बाबा आमाको हातबाट टिका लगाउन पाउदा उत्साही बनेको छु ।’
चाडपर्व आउदा विदेशमा बस्नेहरुलाई न्यास्रो लाग्छ । घरपरिवारको सम्झनाले न्यास्रो बनाउछ । अधिकांश नेपालीहरु समयको चाजोपाजो नमिल्दा मातृभुमी फर्कन पाउदैनन् । प्रवासमै भए पनि आफन्त परिवार भेला हुदैं दशै रंगमय बनाउछन् । ‘प्रायः हरेक वर्ष टिकाको दिन काम नै परेको हुन्छ’ टेक्सस बस्दै आएका पोखराका गोविन्द पौडेलले भने –‘जे भएपनि मेसो मिलाएर टिका लगाएर रमाईलो गरी पर्व मनाउछौ ।’कामको व्यस्ततालाई थाती राखेर र कतिले विदा लिएर पनि यहा“ दशै पर्व उल्लासमय तरिकाले मनाउछन् । टिकाको दिन विदा नमिल्नेहरु पनि बिहान र बेलुकाको जुनसुकै समयमा पनि टिकाको साईत निकाल्छन् ।
सुखदुख जसातसो भए पनि चाडपर्व यहा बस्ने नेपालीहरु मनाउछन् ।कतिले छोटो समयका लागी पनि विदा मिलाएर दशै मनाउन स्वदेश फर्किएका छन् । ‘यसपटक नेपाल जाने सोच थियो, तर चाजोपाजो जुरेन’ क्यालिफोर्निया बस्दै आएकी बिमला रेग्मीले भनिन’–‘नेपाल पुगेर मनाउने चाहना यसपाली पनि पुरा भएन । स्वदेशमा जस्तो रमाईलो दशैं यता नभए पनि प्रवासी नेपालीहरुले आफनो चार्डपर्व संस्कार भने बिर्सदैनन् । विदेशमा बस्नेहरुलाई स्वदेशको माया र चाडपर्व झनै महत्व हुने गरेको यहा“ बसोबास गदै आएका नेपालीहरु बताउछन् । अमेरिकाको न्युयोर्क, क्यालिफोर्निया, भर्जिनिया, बाल्टीमोर हुदै टेक्सास धेरै नेपाली बसोबास गर्ने राज्यहरु हुन । यही राज्यहरुमा नेपाल समाज पनि ठूलो भएकाले चाडपर्वमा चहलपहल पनि त्यतिकै हुन्छ । दशैका लागी धेरैले काममा विदाको समय पनि मिलाएका छन् । नेपाली समाज टेक्सासले १८ वर्षदेखि नियमित रुपमा दशैं विशेष कार्यक्रमहरु गदैं आएको समाजले जनाएको छ । नेपाल समाज टेक्ससले दशैको अवसरमा विभिन्न कार्यक्रमहरु गदै आएको छ । यसपटक इन्द्रेणी सांस्कृतिक संघ संग मिलएर दशै मेला सहितको मनोरञ्जनात्क कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष सुमन थापाले जानकारी दिए ।
यस्तै ड्यालसको नेपस्टार अफ डिएफडब्लु क्लबले पनि दशैको मनोरञ्जनात्क कार्यक्रम आयोजना गरेको छ । यस्तै विभिन्न रेष्टुरा देखि अन्य संघसंस्थाले पनि दशै विशेष कार्यक्रम गरेका छन् । यस पटक दशै टिकामा विवाद भए पनि अधिकांशले नेपालकै तिथिमा दशै टिका लगाउदैछन् । कतिपयका बाबुआमा सन्तानका लागी टिका लगाउन अमेरिका आइसकेका छन् ।संगै मान्यजन नहुनेहरु मन्दिर गएर पुजारीको हातबाट टिका र जमरा लगाएर आर्शिवाद ग्रहण गर्छन् । विद्यार्थी भिसामा अमेरिका आएका पोखराका हरि श्रेष्ठ परिवार सबै स्वदेशमा छन् । ं‘घर जान नपाए पनि साथीहरु भेला भएर दशैंको दिन टिका लगाउनेछ’ु उनले भने,‘विदेशमा रहेपनि आफनो चार्डपर्व भुल्नु त भएन ।’ जे जसो भए पनि यता बस्ने नेपालीहरुले दशैं मनाउने योजना बनाएका छन् । कतिपय एउटा राज्यबाट अर्को राज्यमा पुगेर पनि आफन्त र साथीभाई भेला भएर दशैं मनाउछन् । कतिपयका आफन्त स्वदेशबाट टिकामा सहभागी हुन यता आएका छन् । टेक्सासको ड्यासलमा नेपाली समुदायले बनाएको मन्दिर छ । दशैंको फुलपाती देखि दशमीसम्म नेपाली भक्तजनहरुको भीड लाग्छ ।
नेपालमा सरकारले विदा दिने भएकाले दशैं पर्व विशेष हुने गरेको अनुभव युसुफमान श्रेष्ठको छ ।
अरुबेला काममै व्यस्त हुने नेपालीहरु चार्डपर्वलाई एक आपसमा भेटघाटको बहाना पनि बनाउछन् । साथीभाई भेटघाट र आपसमा रमाईलो गरेर पनि दशैं मनाउछन् । पण्डित भिसामै दसवर्ष अघि अमेरिका आएका तुलसी शर्मा आठवर्ष शिकागो बसेर मन्दिरको पुजारी भए । अहिले ती वर्षदेखि उनी शिकागो छाडेर स्थायी रुपमा टेक्सासको ड्यालस बस्दै आएका छन् । घरमै देवीदेवताको मूर्ति स्थापना गरेर शक्ति केन्द्र संचालन गदैं आएका उनलाई चाडपर्वमा फुर्सदनै कम हुन्छ । यसपटक पनि दशैको नवौ दिनसम्म नवदेवीको भागवत लगाउदै छन् । दशै विशेष बनाएका छन् मन्दिरलाई । ‘केन्द्रमा देवीको पुजा गर्न आउनेहरु दशैंको बेला बढ्छन उनले भने,‘टिका ग्रहण गर्नेहरु पनि मन्दिर आईपु्ग्छन् ।’
दशैं तिहारको मौकांमा नेपालबाट चर्चित कलाकार झिकाएर नेपाली विभिन्न संघ संस्थाले त्यतिकै दशैं विशेष कार्यक्रम पनि आयोजना गरेका छन् । यस्ता कार्यक्रममा नेपालीहरुको सहभागिता उल्लेख्य हुने गरेको छ । टिका र जमरा लगाएर हिड्दा विदेशीले अनौठो मानेर हेर्ने गरेको नेपालीहरु बताउछन ।‘केहीवर्ष यता दशैं नेपालीहरुको अधिक जमघटले विदेशतिर पनि रमाईलो बन्दै गएको छ’ लामो समय देखि ड्यालस बस्दै आएका राजेश लम्सालले भने’ दशैंको चहपहल हरेक वर्षजसो बढ्ीरहेको छ ।’
तस्वीर संजय मुखिया/टेक्सस नेपाल