शिव शर्मा
अमेरिका– अमेरिकामा घोड चढी अर्थात पोलो खेलमा अब्बल बन्दै गएकी नेपाली चेली हुन– केमिका भण्डारी । अमेरिकाका सबै खेलप्रेमी जमघढ भएर हेर्ने घोडचढी खेल मार्फत उनले अमेरिकामा नेपाललाइ समेत चिनाउदै आएकी छिन् । अमेरिकाको मेरिल्यान्डको बाल्टिमोरमा बस्दै आएकी भण्डारी एक्ली नेपाली महिला हुन जसले घोडचढी खेलमा आफुलाई चिनाइन र साथै नेपालमा पहिचान पनि दिन सफल भइन ।
बिट्रीस एयरवेजमा काम गर्ने क्रममा उनले हेल्लो म्यागजिनमा घोडचढी सम्बन्धी फोटो र खेलको बारेमा जानकारी पाएपछि उनमा यो खेलप्रतिको मोह बढेको हो । ‘त्यस अघि म नेपालमा कहिल्यै घोडा समेत चढेको थिइन’ कुराकानीको क्रममा उनले युएसनेपालपोष्टसंग भनिन–‘अमेरिका आएपछि नै घोडा चढे र पोलो खेलप्रति आकर्षित हुन पुगे ।’
नेपालमा हुदा समेत उनले टेलिभिजनमा घोडचढी समेत खेलको बारेमा थोरैबहुन जानकारी पाएकी थिइन । तर उनले कहिल्यै सोचिनन पनि आफु कहिल्यै यो खेलमा लाग्छु भनेर । सानै देखि एथलेटिक्स खेलमा रुची भएकी उनले विद्यालयस्तरमा नेपालमा धेरै पदक पनि जितेकी थिइन ।
अमेरिकामा पनि आएपछि पनि उनले विभिन्न परिस्थितिका कारण आफनो खेलप्रतिको अनुरागलाई मनबाट हटाउन भने सकेकी थिइनन् । झण्डै १८ वर्ष अघि अमेरिका आएकी भण्डारीले छोटो समयमा घोडचढी अर्थात अमेरिकाको पोलो खेलमा आफुलाई उभ्याउन सफल भएकी छिन् । खेलमार्फत नेपाललाई समेत चिनाउन सक्षम भएकी छिन् । डिसी मेट्रो क्षेत्रमा आयोजना हुने पोलो खेल हेर्न आउने आम अमेरिकनहरुलाई उनले आफनो कौसल देखाएकी छिन् । यतिमात्र हैन उनले नेपालको झण्डा समेत फराएर पहिचान समेत दिइसकेकी छिन् । उनले खेल खेल्न थालेपछि अमेरिकाकाे चर्चित पाेलाे क्लब कंग्रेसनलले क्लबमा नेपालकाे झन्डा समेत राख्न थालेकाे छ ।उनले सुरुमा यो घोडढी खेल खेल्छु भन्ने सोच अमेरिकामा पटक्कै आएको थिएन ।
तर परिस्थिति र रहरले पछि खेलप्रति आकर्षित गरायो । खेम भट्टचनले वासिङटन पोष्टमा समरलिह पोलो खेलको बारेमा छापिएको समाचार सहितको तस्विर देखेका थिए । त्यो घोडचढीको तस्विर भट्टचनले उनलाई पठाएका थिए । त्यसपछि उनले आयोजकको आधिकारिक वेभसाइटमा गएर खेलबारे बिस्तृत जानकारी खोजिन । वेभसाइटमा खेल सिक्ने कुरा पनि समावेश थियो । त्यो देखेपछि उनको मन लोभियो । उनले पोलो क्लबको सम्पर्क लिष्टमा गएर खोज्दा इमेल भेटिन । त्यही उनले आफु खेलप्रति रुची भएको र सिक्ने चाहेको कुरा इमले मार्फत पठाइन । तर उनले पहिलो पटक गरेको इमेलको कुनै जवाफ आएन । उनले हार मानिन्न र फेरी दोस्रो पटक इमेल लेखिन–‘म नेपालको पोलो खेलाडी हो, म खेल्न इच्छुक छु ।’
यो इमेल पछि भने उनले तुरुन्तै जवाफ पाइन । क्लबका खेलाडी तथा अन्तराष्ट्रिय पोलो खेलका हाइ स्कोरर चार्लि मुल्डुन रहेछन । उनी संग उनको सम्पर्क भयो । टुनामेन्ट हेर्न आउन उनले निम्तो दिए उनलाई । त्यही टुनामेन्टको उनको चार्लिसंग भेट भो । चार्लिले उनलाई सेनेटा पोलो क्लबमा लिएर गए । बालुवाले ढाकेको ग्राउण्ड र चारैतिर पर्खाल लगाइएको मैदानमा उनले १५ वटा क्लास लिइन । त्यो वर्ष उनले प्रशिक्षणमा नै आफुलाई अभ्यस्त बनाइन ।
२०१८ मा उनी ठुलो घोडचढी मैदान कंग्रेसनल पोलो क्लबमा पुगिन । सुरुमा क्लबका अमिर खानसंग समाजिक संजाल मार्फत साथी बनिन । उनकै सम्पर्कबाट खेल्नका लागी उनी त्यहा“ पुगिन । फेरी त्यहा“ पनि उनले १० देखि १२ वटा खेलको कक्षा लिएपछि प्रतियोगितामा सामेल बन्न पुगिन । त्यो वर्ष उनले तीन वटा प्रतियोगिता खेलिन । २०१९ मा उनले झण्डै आधा दर्जन अमेरिकाको पोलो खेल प्रतियोगितामा सहभागी भइन । उनले नेपाल टिम बनाएर टिमको नेतृत्च्व गदै अमेरिकामा पोलो खेल खेलिन र पुरस्कार पनि हात पारिसकेक छिन् । पोलो खेल प्रतिस्पर्धामा उनको टिमले जित समेत हासिल गरेको थियो ।
त्यो घोडा दौडमा सुरुमा त उनलाई केही डर नलागेको पनि हैन । तर पनि उनले सहास बटुलेर खेलमा आत्मविश्वासले लागिन । ‘सौख र रहरले यो खेलमा आकर्षित भए’ केमिकाले भनिन–‘खेलले शरीरमा स्र्फुिर्त संगै आत्मविश्वास जोगाउनमा समेत मदत पुगेको छ ।’
त्यसो त केमिका हात्ती पोलो खेलमा पनि अब्बल मानिन्छिन् । २०१३ मा बर्दिया हात्तीपाेलाे संघले गरेकाे अन्तराष्ट्रीय प्रत्याेगितामा उनकाे टिमले दोस्रो स्थान जितेको थियो । उनले ३५ सय डलर तिरेर खेलमा सहभागी भएकी थिइन । त्यस्तै २०१६ मा पनि हात्ती पोलो खेलमा उनको टिमले पहिलो स्थान जितेको थियो ।
चितवकी रैथाने उनले सौराहमा धेरै हात्ती भएको देखेकी थिइन । उनको मनमा कता कता लाग्यो सौराहमा पनि हात्ती पोलो प्रतियोगिता गर्न सकिन्छ भन्ने । उनले केही स्थानिय साथीहरु र व्यवसायीहरुसंग छलफल चलाइन । चितवमा हात्ती महोत्सव हुदै आए पनि हात्तीपोलो प्रतियोगिता हुन सकेको थिएन । चितवनमा त्यसपछि हात्तीपालो खेल सुरु हुनुमा उनको योगदान पनि धेरैछ । उनले २०१६/२०१७मा चितवनमा हात्तीपोलो खेल समेत खेलेकी थिइन । साैराह हाेटल संघले प्रतियाेगिता गरेकाे थियाे । हात्तीपोलो तथा घोडचढी मंहगो खेलको रुपमा लिइन्छ । तर पनि उनले सौखको रुपमा यो खेललाई निरन्तरता दिदै आइरहेकी छिन् । उनी प्रत्येक वर्ष आफनै खर्चमा अमेरिकाबाट नेपाल गएर हात्तीपोलो खेलमा सहभागी हुदै समेत आएकी छिन् ।
अमेरिकामा मेडिकल इन्टरपेटरको समेत काम गदै आएकी केमिका गल्फ खेलाडी समेत हुन । उनले आफुले अमेरिकामा सिकेको कलालाई नेपालमा समेत लागु गर्न पोलो अर्थात घोडचढी खेललाई बिकसित गर्ने सोच समेत बनाएकी छिन् । ‘नेपालमा पनि यो खेल मार्फत खेल पर्यटनलाई विकास गर्न सकिन्छ’ उनले भनिन– यसका लागी आफनो तर्फबाट सक्ने सहयोग गर्न तत्पर रहनेछु ।’
चितवनकाे रामपुर कृषि क्याम्पस पढेर उनले केहि वर्ष नेपाल कृषि अनुसन्धान केन्द्र काठमान्डाैमा जागीरें पनि भइन । २००२ तिर भने अमेरिका आईन र आफनाे अर्काे अवसरकाे सदुपयाेग गर्दै यतै रमाईरहेकी छिन । याे वर्ष काेराेना महामारीका कारण पाेलाे खेललाईअहिले अगाडी बढाउन सकेकी छैनन । अवस्था सहज भएपछि फेरि उनी खेलमा फर्किने तयारीमा छिन ।
तस्वीरहरु: बिनाेद अधिकारी/नमस्ते स्टुडियाे