गन्तब्य बिना नै म कहाँ कहाँ जादै छु
बस तिमीलाई छाडे पनि याद लादै छु
न कसैलाई भेटनु छ अब
न कतै केही मेटनु छ अब
बस बेप्रबाह बग्नु छ
जीवनको यो अनौठी यात्रा
कुनै गुनासो न बोकी अब
आफुले आँफैलाई ठग्नु छ
न सतायोस तिमीलाई म दुर जादै छु
दुई पल नै सही एउटा आभास लादै छु
न लेख्नु छ अब जीवनगाथा
न रच्नु छ फेरी उत्साहको कथा
बस उपहासको पात्र बन्नु छ
दुखेको चोट कती लुकाउ म
मरेको मुर्ती सुन्छस सुन्दैनस
बस तलाई नै भन्नु छ
मलाई के बिपत्तिले घेर्यो – ...
केहि महिनाको नेपाल बसाई पछि ...