नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईन्जा) द्धारा स्थापित इन्जा सहासी पत्रकारिता पुरस्कार यो वर्ष नेपालबाट संचालित हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कारको राशी १ हजार अमेरिकी डलर र सम्मानपत्र रहेको छ । आगामी नोभेम्बर १७ गते अमेरिकाको राजधानी वासिंङटन डिसिमा एक कार्यक्रम बीच पुरस्कार प्रदान गर्ने जनाएको छ । संसद सचिवालयको स्वास्थय विभागमा कार्यरत महिला कर्मचारी रोशनी शाही माथि निर्वतमान सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार गरेको समाचार पहिलो पटक सार्वजनिक गरेका थिए ।
यो समाचार संगै सभामुखलाई राजीनामा पार्न बाध्य पार्नु संगै आवश्यक कानुनी कारवाहीका लागी प्रहरीले महरालाई हिरासतम समेत लिइसकेको छ ।
नेपालको पत्रकारिता इतिहासमा सत्य र तथ्यमा आधारित समाचार विरलै प्रकाशित हुने भन्दै ईन्जाले यस्तो सहासिक पत्रकारिताको उच्च सम्मान गरेको जनाएको छ । साथै समाचार प्रकाशनन संगै सम्पादक शिवाकोटीको सुरक्षा प्रति गंभीर चासो उत्पन्न भएकाले उनको सुरक्षा व्यवस्था मिलाउन सरकार संग जोडदार माग समेत गरेको छ ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (ईञ्जा) ( संसार भरि रहेका नेपाली पत्रकारहरु वीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकासमा जोड दिंदै यसको लागि आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न स्थापित गैर-नाफामुलक, गैर-राजनितिक तथा गैर-सरकारी सामाजिक संस्था हो ।
अमेरिका-राष्ट्रपति जो बाइडेनको ...
अमेरिका-अमेरिकाको ...