अमेरिका– अमेरिका आम नेपालीका लागी एउटा सपनाको देश हो । वर्षेनी यहा“ डिभी, विद्यार्थी तथा अन्य माध्यमबाट नेपालीहरु आउने क्रम बढ्दो छ । अहिले त अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुको बसोबास अधिक देखिन्छ । अमेरिकामा सुरुवातमा पहिलो पटक पाइला राख्ने नेपाली थिए– पदमसुन्दर मल्ल । भक्तपुरे मल्ल राजाका सन्तान थिए उनी । सन् १८९० मा भक्तपुरको खौवामा उनको जन्म भएको थियो । पछि उनको परिवार काठमान्डौको असनमा बसाइ सरेर बस्न थाल्यो । त्यही क्रममा पदमसुन्दरले दरबार हाइस्कुलमा अध्ययन गर्ने अवसर प्राप्त गरे ।
अध्ययनकै क्रममा उनको एक जना जापानी भिक्षुसंग नजिकको सम्बन्ध बन्न पुग्यो । जापानी नागरिक एकाई कावागुईलाई काठमान्डौमा भेटेपछि उनलाई पनि जापान गएर उच्च शिक्षा लिने उत्कट अभिलाषा भयो । तर त्यतिबेला नेपालमा जाहानिय राणाशासनको दबदबा थियो । रैतिका छोराछोरीलाई विदेश गएर पढन छुट थिएन ।
आखिर जहा“ इच्छा त्यहा“ उपाय पदमसुन्दरले जापान गएर उच्च शिक्षा लिने अठोट गरे ।
सन् १९१६मा उनी दाजु जगतसुन्दर मल्ललाई लिएर भारतको कलकत्ता पुगे । कलकत्ताबाट उनी जहाज चढेर जापानको टोकियो पुगे । टोकियोमा भाईलाई अध्ययनको सबै बन्दोबस्ता मिलाएर दाजु जगतसुन्दर भने सुटुक्क नेपाल फिरे । टोकियोमै पदमसुन्दरले अध्ययन गरि विज्ञानमा स्नातक गरे । त्यसपछि उनी जापानी साथीहरुसंग मिलेर थप अध्ययन गर्न अमेरिका आए । सन् १९१९ मा अमेरिका आए उनी । उनी अमेरिका भित्रिएको सन् १९१९ को यो मितिलाई आधार मानेर हेर्दा पनि उनी अमेरिका आउने पहिलो नेपाली हुन भन्न सकिन्छ ।
अमेरिकाको मिचिगन राज्यमा आएका उनले यहा“ प्रतिष्ठित विश्विद्यालयमा भर्ना भएर इन्जिनियरिङ अधययन थाले । सन् १९२२ मा उनले उक्त विश्वविद्यालयबाट इलेक्ट्रीकल इन्जिनियरिङमा स्नातक गरे । उनी अमेरिका टेक्ने पहिलो नेपाली मात्र थिएनन नेपालकै पहिलो इलेक्ट्रीकल इन्जिनियर पनि बने । अमेरिकामा अध्ययन सकेपछि उनी नेपाल फर्किने सोच बनाए । सन् १९२५ मा नेपाल फर्के तर राणाशासनको अनुमति नलिई विदेश गएको भनेर उनलाई नेपाल फर्किन दिइएन । त्यसपछि उनी भारतको खस्र्याङमा निर्वासित भए । खस्र्याङमा उनले हाइड्रोपावरको स्थापना गरे ।
खस्याँमा उनले हाइडोपावर स्थापना गरे । १९३९ मा भारतमा शासन गरिरहेको बिट्रीस सरकारले उनलाई नेपालको मोरङ हाइड्रोको प्रमुख इन्जिनियर बनाएर पठायो । उनले बिराटनगर जुटमिलका लागी पनि पावर स्टेशन बनाए । धरान र विरगन्जमा पार्वर स्टेशन डिजाइन गरे ।
नेपालमा राणाशासनको अन्त पछि उनी सन् १९५० मा नेपाल फर्के । उनले आफनो बाकी रहेको जीवन नेपालमा बिताए । सन् १९७४ मा उनले संसारबाट विदा लिए ।
। (युस्टार्ट एगेनका लागी अमेरिकाबाट पत्रकार  सुर्य थापाले तयार पारेको टिभी रिपोर्टमा आधारित)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected